Khalti Ko Prasanga

पूरानो पन्ना

स्वागतम् ।। सु-स्वागतम् ।।
 
 
आज,माघ २२ गते २०६४ साल,यँहा नयाँ ब्लग शुरु गर्ने विचार आयो।यो ब्लग विशेषत मेरो बुवा-मामु, श्री विनोद प्रसाद ढुङ्गेल तथा शान्ता ढुङ्गेल, को निम्ति हो जसले मलाई हरदम कविता लेख्न प्रेरणा दिनु भयो।म घरबाट टाढा छु तर पनि हरेक चोटी कविता लेखे पश्चात मामुलाई सुनाउने मन हुन्छ।तसर्थ म यो ब्लग शुरु गर्दै छु, आफ्नो कविता ती सब समक्ष पुराउन जसले म र मेरो कवितालाई माया गर्नु हुन्छ ।


यात्राको थालनी

कविता लेखनमा म ८ वर्षको उमेरमा नेपाल शीर्षकको कविताबाट प्रवेश गरेकी हुँ। शुरु शुरुमा सौखको रुपमात्र थियो त अहिले लेखन मेरो लागि सुख दु:ख पोख्ने माध्यम बनेको छ ।कविताको साथ साथै मैले उपन्यास, गीती नाटक,नीबन्ध आदि लेखेकी छु जसमध्ये १ उपन्यास रमाइलो किताबको लागि लेखिएको थियो र उक्त किताव यूनिसेफ नेपालको सहयोगद्वारा प्रकाशित भइसकेको छ। यात्राको क्रममा अरु धेरै लेखहरु पनि प्रकाशित भएका छन् (ती सबलाई बिस्तारै यँहा समेट्ने प्रयास गर्ने छु)।२०५० साल २८ कार्त्तिक,शनिवार,कान्तिपुर दैनिकमा प्रकाशित लेखले मेरो जीवनमा नयाँ नाम र नँया मोड लिएर आयो। 'आँसु कवियत्रीको संकेत' नामक हरि थापा द्वारा लिखित उक्त लेख मेरो साहित्यिक यात्राको पाहिलो भेट थियो। पासाङ ल्यामू स्मारिका-२०५१,नौलो बिहानी- २०५५, गोरखापत्र-२०५२,२०५३,२०५६ का साथै अरु थुप्रै पत्रपत्रिकामा कविता र लेख छापिने क्रम बढ्दै गए। मेरो पहिलो कविता संग्रह "कवीश" मेरा लागि ईश्वरको वरदान सावित भयो जसमा २३ वटा कविताहरु समावेश गरिएका छन् । यो यात्रा मेरो जन्मबाट शुरु भएको थियो र मृत्यु संग नै अन्त्य हुनेछ तर जीवनको तल माथिका कारण प्राय: यसको गतीमा अन्तर मैले भेटेको छु। यो यात्रा अब केवल मेरो सौख मात्र नभई कलात्मक प्रकृतीले मलाई बुझाएको कर्तव्य पनि हो। तसर्थ बाचुँन्जेल म आफ्नो कर्तव्य निभाउने हर प्रयास गर्ने छु।

No comments: